स्याङ्जामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको बोलेरो...
किसानको घरबाटै बजारसम्म तरकारी, वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
वालिङ, स्याङ्जा। किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन ढुवानीको समस्या झेल्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यसहित वालिङ नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। अब किसानको घर–आँगनबाटै कृषि उपज संकलन गरी बजारसम्म पुर्याइने भएपछि उत्पादनको...
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
कास्की - लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण सुनिश्चितता र दबिएको प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यसहित दीर्घकालीन राजनीतिक अभियानलाई तीव्र बनाएका छन्। सत्य, निष्ठा, इमानदारी र जनविश्वासलाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धतासहित उनीहरूले मिशन ८४ लक्षित राजनीतिक...
पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, कृषि, रोजगारी र पूर्वाधार विकासमा विशेष जोड
पर्वत — पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहहरूले बजेट...
कृषि, शिक्षा र पर्यटनमा केन्द्रित गोरखाका चार स्थानीय तह
सुलिकोट। गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा राख्दै आ–आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका,...
पर्यटक उद्धारमा माछापुच्छ्रेले छुट्यायो बजेट
लेखनाथ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा प्रसिद्ध माछापुच्छ«ेसहितका हिमाल र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गसमेत पर्छ ।
पदयात्राका लागि जाने पर्यटकहरु बेला बेलामा दुर्घटनामा पर्दा उद्धारका लागि कठिनाइ खेप्दै आएको पालिकाले पहिलो पटक आगामी वर्ष पर्यटक उद्धारका लागि बजेट...
मुस्ताङमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो
मुस्ताङ । मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको...
तीन सन्तान जन्माउने परिवारलाई दुई वर्षसम्म मासिक ४ हजार सहयोग
स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्याको घट्दो दरलाई रोक्ने उद्देश्यले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिने, दीर्घकालीन जनसङ्ख्या सन्तुलन कायम गर्ने...
एमाले गोरखाद्वारा चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
जिल्ला कमिटीको आज बसेको बैठकमा गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका...
पर्यटनमा नयाँ प्रयोग: अजिरकोटमा घोडा पर्यटन कार्यक्रम सुरु हुँदै
सुलीकोट । गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। अब पालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्यहरू घोडा चढेर अवलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई...




















