स्याङ्जामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

0

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको बोलेरो जिप साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार उकालोमा जाँदै गर्दा जिपले नियन्त्रण गुमाएपछि दुर्घटना भएको जनाइएको छ। जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको परिचय खुल्न सकेको छैन। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।