कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ ।नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको...

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक

क्यान महासंघ कोशी प्रदेश र जिल्ला शाखाहरूको सक्रियतामा डिजिटल नेपाल विकेन्द्रीकरण संवाद सम्पन्न नेपालको सूचना प्रविधि (IT) अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एक...

‘मिस एसइई २०२६ इटहरी’को ग्राण्ड फिनालेबाट सुनुमा लिम्बुले जितिन् ताज

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सम्पन्न ग्रान्ड फिनालेबाट सुनुमा लिम्बूले यस वर्षको ‘मिस एसइई २०२६ इटहरी’ को...

‘जुनियर मिस्टर एण्ड मिस तराई’ चौथो सिजनको अडिसन सम्पन्न, फाइनलसम्मै अनलाइन भोटिङ नरहने

इटहरी/ बालबालिकाहरूको सौन्दर्यलाई मात्र नभई उनीहरूको बौद्धिकता र व्यक्तित्वलाई निखार्ने उद्देश्यसहित इटहरीमा ‘जुनियर मिस्टर एण्ड मिस तराई-२०२६’को चौथो संस्करणको सुरुवात भएको छ । युनिभर्सल डान्स स्टुडियो इटहरीको आयोजनामा “इन्टेलिजेन्स, पर्सनालिटी र ब्युटी” भन्ने नाराका...

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शाखाले गरेका गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न निर्णय गर्दै सोमबार साधारणसभा सम्पन्न गरेको हो । महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद...

प्राङ्गारिक मल उत्पादनमा जोड दिँदै स्थानीय तह

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् । जिल्लाको...

झापा–२ मा निवर्तमान सभामुख घिमिरे र उपसभामुख रानामगरबीच रोचक चुनावी प्रतिस्पर्धा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच कडा तथा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवार मनोनयनको अन्तिम तयारी भइरहँदा...

सडक दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

बिर्तामोड। झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि  पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको  मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । बिहीबार राति बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक...

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढि क्षति

फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति...

पालमुनि रात कटाउँदै सुत्केरी र गर्भवती

इलाम। गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे...