भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै

भोजपुर, समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेव थान मन्दिरको जीर्णोद्धार गरिने भएको छ । कोसी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको...

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव महोत्सव मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुने

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ। अन्नपूर्ण गाउँपालिका प्रबर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ। पर्यटकीय हिसाबले महत्वपूर्ण...

यस्तो छ एनपिएल ट्रफीको विशेषता

काठमाडौँ  । नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने काम नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरिरहेको छ । घरेलु क्रिकेट...

युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

युक्रेन । युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते...

राष्ट्रिय बिच भलिबल माघमा

काठमाडौँ। सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आगामी माघमा हुने भएको छ । सिन्धुपाल्चोक भलिबल सङ्घ र सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको आयोजनामा सिन्धुपाल्चोकको सुकुटे बिचमा माघ १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा...

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौँ  । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथीबाट झरेको पहिरोले सो...

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौँ । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ । तीमध्ये अधिकांश दर्ता र सूचीकरण नगरी सञ्चालित छन् ।...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन सिंहबाट शिलान्यास

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं सहरी विकास मन्त्री...

गुगल म्यापकाे भर पर्दा तीन जनाकाे घटनास्थलमै मृत्यु

काठमाडौँ- पछिल्लो समय नयाँ ठाउँ वा यात्रा गर्ने बाटो थाहा नपाएको अवस्थामा गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ।  तर भारतमा गुगलम्यापको  प्रयाेग गरेर यात्रा गर्दा तीन जनाकाे मृत्यु भएको छ। भारतकाे उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेकाे रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु...

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

तुलसीपुर। लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बिजौरीमा औषधी...