भक्तपुर । मध्यपुर मेयर कप कराते प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। खेल क्षेत्रको विकास हाम्रो लक्ष्य भन्ने उद्देश्यका साथ मध्यपुर कप कराते प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।
उहाँका प्रतियोगिता आगामी २०८३ साल असार ५ र ६ गते निल वाराही बैंक्वेटमा सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छन्।
तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला, पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने प्रशिक्षक सच्चिदानन्द बनेपालीले जानकारी दिनुभयो ।
खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
कार्यक्रमको प्राविधिक सहयोग भक्तपुर जिल्ला सितोरियो कराते सङ्घ ले गर्नेछ भने प्रतियोगिता मध्यपुर सितोरियो कराते डोजो निल वाराही को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने, कराते खेललाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ।














