मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखीकरण सम्पन्न 

भक्तपुर । मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरूलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्न सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् । क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर...

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका...

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

सन्जिब दुलाल भक्तपुर ।  भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्। चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना...

आफूहरूलाई बलात्कार गर्ने बुवालाई सुतिरहेकै बेला आगो लगाइदिएपछि

काठमाडौं । आफुहरुलाई बलात्कार गर्ने बाबुलाई सुतिरहेको अवस्थामा दुई दिदी बहिनीले आगो लगाई दिएका छन् । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको...

रिकभरी समूहका युवाका लागि एक महिने महिने पेन्टिङ तालिम थालनी 

हेटौँडा ।  हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ ।  हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्। रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम...

डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा. जगदीश बैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेशनल...

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 

सन्जिब दुलाल भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले...

सर्वोच्च बारमा एमाले माओवादी गठबन्धन पराजित

काठमाडौँ – सर्वोच्च अदालत बार एसोसियसनका लागि शनिबार भएको मतदानमा एमाले माओवादीनिकट कानुन व्यवसायीहरुको प्यानललाई पराजित गर्दै कांग्रेस एकीकृत समाजवादीको प्यानल विजयी भएको छ। अध्यक्षमा कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलज ३६८ मतसहित...

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि...

टंक बुढाथोकीको चलचित्रमा अशोक दर्जीसंगै नीता ढुंगाना मुख्य भुमिकामा

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् । अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।