उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण
काठमाडौं । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार...
सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस
राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ...
चाडपर्वले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउँछः प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।
क्रिसमस २०८२ को अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले हाम्रा चाडपर्वहरूले आपसी सहिष्णुता...
पर्वले एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्छः मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
क्रिसमस...
चारवटा अजिङ्गरको उद्धार
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको बसहिया गाउँ क्षेत्रमा देखिएका चारवटा विशाल अजिङ्गरहरूको बुधबार उद्धार गरिएको छ । बैदौली पुल नजिकै फेला परेका ती अजिङ्गरहरूलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो...
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ।
निर्वाचन प्रक्रिया स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न...
पर्यटनमा नयाँ प्रयोग: अजिरकोटमा घोडा पर्यटन कार्यक्रम सुरु हुँदै
सुलीकोट । गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। अब पालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्यहरू घोडा चढेर अवलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई...
आज क्रिसमस डे मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्।
आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ।
पवित्र आत्माबाट गर्भवती...
बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेत नियुक्त
मकवानपुर। बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा अधिवक्ता बस्नेतलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत...




















