हात्ती आतंकले छिमेकीको शरणमा
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।
घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा...
आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला
धनगढी । कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् ।
आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् । धनगढी गाउँका स्थानीय...
पुनर्निर्माणमा जुट्न कांग्रेस संसदीय दलको अपिल
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ।
संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको...
वातावरण दिवसको अवसरमा बासले देखायो सरसफाई शन्देश मुलक नाटक
नेपालगन्ज / विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस देशैभरी मनाइएको छ । सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ । बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी...
सुदूरपश्चिम प्रदेश : सात वर्षमा तीस वटा ऐन संशोधन
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ । ऐन कार्यान्वयनका क्रममा देखिएका कठिनाइ सहज बनाउन र बनेका ऐनलाई थप परिष्कृत गर्न धेरैजसो ऐन संशोधन गरिएको हो । प्रदेश सभाको पहिलो...
ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो
बाजुरा । साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म रोपाइँ गरिसक्ने चलन रहेको...
नेपालगन्ज उपमहानगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाइ
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सात बुँदे साझापूर्ण सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित सो सुनुवाइमा नगर विकास, सेवा प्रवाह र संरचनागत सुधारसँग...
भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, दरबन्दी मिलानपछि दोब्बरले वृद्धि
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। दरबन्दी मिलान, विद्यालय समायोजन र सिकाइ वातावरणमा सुधार गरेपछि यहाँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो।
२०७८ साउनमा स्थानीय तहको निर्वाचनपछि भीमदत्त...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा साढे नौ करोडको क्षति
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट आठ करोड ४१...
चार्जिङमा राखेको स्कुटर जलेर नष्ट
धनगढी । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।
आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र...




















