गुल्मीका ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

गुल्मी । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका...

डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख...

ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो

बाजुरा । साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म रोपाइँ गरिसक्ने चलन रहेको...

गृहिणीले बनाउन थाले सेनेटरी प्याड

सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...

अवसर खाेज्न सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी

ढोरपाटन (बागलुङ) । काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र...

सडक दुर्घटनामा मृत्यु हुनेको अनुपात बढ्दो

कावासोती। नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले...

तारकेश्वर डाँडागाउँ चौकी नजिकै  खुल्यो  सिवांगी ब्युटी जोन , १ महिनासम्म विशेष छुट

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शुक्रबारदेखी पुन: सञ्चालनमा आएको हो । डेढ दशक भन्दा लामो...

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौँ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो । मिर्गौला खराबीका कारण उहाँको...

आमाको हत्या आरोपमा छोरा पक्राउ

बिराटनगर । तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बिहिबार दिउँसो सामन्य...

आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...