क्षेत्र नं २ मा विकासको बहार ल्याउन गठबन्धनलाई भोट : भण्डारी

5

दमौली,२५ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले क्षेत्र नं २ मा विकासको बहार ल्याउन गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । म्याग्देमा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले सो वताएका हुन् । विकास र व्यवस्था वचाउनका लागि गठवन्धनले जित्नैपर्ने भण्डारीको भनाई थियो । प्रतिगमनलाई परास्त गर्न र लोकतन्त्रलाई वचाउन गठवन्धनका उम्मेदवारले विजय हासिल गर्नुपर्नेमा उनको जोड थियो । यस अगाडि पटक पटक विजयी भएका एमालेका उम्मदेवारले क्षेत्र नं २ को विकासमा कुनै पनि ध्यान नदिएकोले यसपटक कांग्रेसलाई जिताउन उनले आग्रह गरे । त्यस्तै क्षेत्र नं २ प्रदेश १ का प्रदेश सभा सदस्य उम्मेदवार राजेन्द्र केशरी न्यौपानेले गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा मतदाताले विशेष ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा गठबन्धन पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।