तनहुँ, २६ कात्तिक । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं.१ प्रदेश ‘ख’का उम्मेदवार पूर्ण बहादुर गुरुङले प्रचार प्रसार तीव्र पारेका छन् । अन्य उम्मेदवार भन्दा भिन्न र फरक प्रचार शैली लिएर गुरुङ मतदाताको घर घर पुगेका हुन् । शनिवार व्यास १ मा घरदैलो घरेका गुरुङले चर्चित गायिका ज्योति मगर लिएर घरदैलो गर्दै भोट मागेका थिए । चर्चित गायिका मगरले युवा र विकासप्रेमी उम्मेदवार गुरुङको पक्षमा मत मागेकी थिइन् ।
गायिका मगर सहित एमाले कार्यकर्ताको साथमा प्रचार प्रसारमा निस्किएका गुरुङले आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरेका थिए । युवालाई रोजगारी दिने र जिल्लाको विकास गर्ने प्रतिवद्धता जनाउदै घरदैलो गरेका गुरुङले आफूले जित्ने दावी गरे । विकासको चाहना राख्ने युवा देखि ज्येष्ठ नागरिक सम्मले मलाई मतदान गर्नुहुनेछ, मेरो जित सुनिश्चित छ, गुरुङले भने ।