आजबाट लामो दुरीका सवारी सञ्चालनमा

118

काठमाडौं । आजबाट देशभर लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा आउने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले असोज १ गतेबाट सार्वजनिक सवारी सञ्चालनमा आउने निर्णय गरेको थियो । सोही अनुसार आजबाट छोटो तथा लामो दुरीका सबै यातायात चल्ने भएका हुन् । यस्तै काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ ।

उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।