लमजुङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बेँसीशहर चामे सडक पुनः सञ्चालनमा आएको छ ।
पहिरोले अवरुद्ध लमजुङ र मनाङ जोड्ने बेँसीशहरचामे सडक सडकखण्डको बेँसीशहर नगरपालिका६ खरखरे भीरमा गएको पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको डुम्रेबेँसीशहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।
खरखरे भीरमा सडकमाथिबाट पहिरो आउनाका साथै करिब २० मिटर सडक भासिएर अवरुद्ध भएको थियो । करिब छ घण्टा लगाएर डोजरले पहिरो हटाएको जनाइएको छ ।
सडक अवरुद्ध हुँदा रोकिएका ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधन सञ्चालनमा आएका छन् ।