कोन्ज्योसोमले निःशुल्क रेविज रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज...

‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन

काठमाडौं : मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि  काठमाडौंको नयाँ वानेश्वोरमा  मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त...

परोपकारिताको क्षेत्रमा हेड्स नेपाल थप सक्रिय हुने

सामाजिक सेवा दिवसको अवसर पारेर आज परोपकारी संस्था हेड्स नेपालले ३१ औ बार्षिक साधारण सभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाडौँको ढुंगेधारामा सञ्चालन गरेको छ । कार्यक्रममा अभिभावकहरु, संस्थाका सदस्यहरु र समाजका अगुवाहरुको सहभागिता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो । साधारण सभाको समुद्घाटन गर्दै पूर्व प्रधानमन्त्री, डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद जस्ता क्षेत्रमा संस्थाले पुर्याएको योगदानको सह्राना गर्दै सरकारले गर्नुपर्ने काम कुनै एक संस्था एक्लैले गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ः राज्य संयन्त्रले नै सामाजिक आवश्यकाता परिपूर्ति गर्नुपर्दछ, संस्थाहरुले त सहयोग गर्ने मात्रै हो । डा.  भट्टराईले  हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गर्नुभयो । कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरुले सुशासनको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका यूवाहरुले  जलबायू परिवर्तनसँगै वढ्ने तापमानको अवस्थामा अभिभावकहरुले गर्नुपर्ने सावधानीको लागि भूभिका प्रदर्शन गरेका थिए । मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम आधार यादव, निवर्तमान अध्यक्ष इश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गर्नुभएको थियो । समाजसेवामा संस्थामार्फत् योगदान दिनुहुने इन्द्र प्रसाद पोखरेल, कृष्ण कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपालले सामुहिक सङ्कल्प र स्रोत व्यवस्थापनले परोपकारिताको अभिलाषालाई परिपूर्ति सकिन्छ भन्ने विश्वास राखेको महासचिव पौडेलले जानकारी दिनुभयो । गतिशील संगठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट संस्थाले प्रथम पञ्चबर्षीय योजना सार्वजनिक गरेको छ ।  योजना मुताविक संस्थाले परोपकारिताको क्षेत्रमा स्थानीय निकायसँग सहकार्य गर्ने भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भए 

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्यान्सर https://youtu.be/Qgw9FFd5VD0?si=D8owNFnIqZp5GJD8 अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएको...

बागमती प्रदेशसभाको बैठक असोज ६ मा

बागमती ।  बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई  पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी...

घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का

खजुरा । बाँकेमा एक बालिका बेपत्ता हुनुभएको छ । घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो । बालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी...

आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर...

मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

म्याग्दी ।  मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो । अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान...

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी...

मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ।  आइतबार आयोग पदाधिकारी प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्। उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव अध्ययन...