दर्जनभन्दा बढी कार्यालयमा पानी, तीन दिनदेखि छैन विजुली
महोत्तरी। महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्र्यालयहरुमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा विजुली समेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने सडक समेत अवरुद्ध छ ।
लगातारको वर्षाको कारण...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा साढे नौ करोडको क्षति
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट आठ करोड ४१...
राष्ट्रपति पौडेलद्वारा विपद्को खतराबाट सजग रहन अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै उहाँ विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको...
इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, अझै केही बेपत्ता
विराटनगर। अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले...
चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा
काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा...
हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने सवारीसाधन आवतजावतमा रोक
मकवानपुर । हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
बागमती प्रदेशको पर्यटकीय क्षेत्र सुरक्षित छन् सरोकारवाला
काठमाडौँ । नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौँको आयोजनामा विश्व पर्यटन दिवस ( World...
झुट्टा विवरणका आधारमा नागरिकता जारी गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सर्लाही । नागरिकतासम्बन्धी कसुरमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
चार जना व्यक्तिलाई झुठो वतन तथा झुठो विवरण पेश गरी नागरिकता प्राप्त गर्न सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका–४, का...
जेनजी आन्दोलन निजी क्षेत्रमा असी अर्बको क्षति
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।...
बडादसैँको रौनक, आज घरघरमा घटस्थापना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो...




















