भक्तपुर–१ मा राप्रपाबाट भरतबहादुर खड्काको उम्मेदवारी
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट भरतबहादुर खड्कालाई उम्मेदवार बनाएको छ।
खड्का नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन्। उनी अघिल्लो निर्वाचनमा पनि...
भक्तपुर–१ मा एमालेबाट पूर्व मेयर सोमप्रसाद मिश्र उम्मेदवार
भक्तपुर। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट सोमप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिश्र चाँगुनारायण नगरपालिकाका पूर्व मेयर हुन्। उनी यसपटक एमालेको...
रास्वपाले बागमती प्रदेशका उम्मेदवार टुंग्यायो
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका उम्मेदवारहरू टुंगो लगाएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। त्यसका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका...
भक्तपुरमा उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा, दुई क्षेत्रमा छुट्टाछुट्टै स्थान तोकियो
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भोलि हुने उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सल्लाघारीस्थित जिल्ला निर्वाचन कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रका लागि फरक–फरक स्थानमा उम्मेदवारी...
बागमती प्रदेशका ६ सांसदले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी
मकवानपुर ।बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा...
झण्डा बाेक्दै : झाडी फाड्दै सुडालका किसान
- हरिसुन्दर छुकां
भक्तपुर । बिहानीको हल्का कुहिरो अझै उड्न नपाउँदै सुडालको बाेझीनी ड्याम सडकमा फरक दृश्य देखियो । उमेरले ज्येष्ठ, तर हिँडाइँले अझै युवाजस्तै उत्साही स्थानीय किसानहरू एक हातमा रातो झण्डा र अर्को हातमा...
वडा अध्यक्ष खड्काद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै `हातपात´
भक्तपुर । चाँगुनारायण नगरपालिकाका एक वडा अध्यक्षले नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात गरेको घटना सार्वजनिक भएको छ ।
बालुवा तथा माटो उत्खननसम्बन्धी विषयलाई लिएर भएको विवादका क्रममा चाँगुनारायण नगरपालिका ५ छालिङका वडा अध्यक्ष जयन्द्र...
भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औ साधारण सभा सम्पन्न
भक्तपुर। भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ वार्षिक साधारण सभा तथा महिला उद्यमी समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा...
चाडपर्वले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउँछः प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।
क्रिसमस २०८२ को अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले हाम्रा चाडपर्वहरूले आपसी सहिष्णुता...
पर्वले एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्छः मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
क्रिसमस...




















