भक्तपुर। भक्तपुर बार एसोसिएसनको आयोजनामा भ्याली फुटसल एरिनामा जारी ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ अन्तर्गत क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्।
शनिबार सम्पन्न क्वार्टरफाइनलमा भक्तपुर बार ‘A’ ले काठमाडौं जिल्ला अदालतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। त्यसैगरी नेपाल न्यायले संकल्प लिगल सर्भिसलाई, काठमाडौं जिल्ला बार ‘C’ ले ललितपुर जिल्ला अदालतलाई तथा भक्तपुर बार ‘B’ ले ललितपुर जिल्ला बारलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान बनाएका बारका सचिव अनिस सुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता अन्तर्गत आइतबार बिहान १०:३० बजे हुने सेमिफाइनलमा भक्तपुर बार ‘A’ र भक्तपुर बार ‘B’ आमनेसामने हुनेछन्। अर्को सेमिफाइनलमा नेपाल न्याय र काठमाडौं जिल्ला बार ‘C’ बीच प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।
दुवै सेमिफाइनलका विजेता टोलीबीच दिउँसो १२:३० बजे फाइनल खेल हुँदै प्रतियोगिताको उपाधि विजेताको टुंगो लाग्ने भक्तपुर बारका अध्यक्षा रामशुन्दर खाइतुले जानकारी दिनुभयो ।















