नगरकोट भ्रमण वर्ष : एम्बासेडर बन्दै कुम्हा सागर

4
भक्तपुर । चाँगुनारायण नगरपालिकाले २०८२ सालबाट सुरु गर्ने नगरकोट भ्रमण वर्षका लागि गायक कुम्हा सागरलाई एम्बासेडर बनाउने तयारी गरेको छ । समग्र चाँगुनारायणको पर्यटन प्रवद्र्धनका लागि गर्न लागेको उक्त भ्रमण वर्ष सफल बनाउन तथा सोको प्रचारप्रसारमा सहयोग पुर्याउन नगरपालिकाले अहिलेका सबैभन्दा चर्चामा रहेका गायक कुम्हाः सागरलाई एम्बासेडर बनाउने तयारी गरेको हो ।
त्यसका लागि नगरपालिकाका नगर प्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी, वडा अध्यक्ष धनबहादुर लामा, श्याम श्रेष्ठ, जनक खत्री तथा सरोकारवालाहरुले गायक कुम्हाः सागर र उनको टीमसँग साक्षात्कार गरेका छन् ।
उनले आफू अहिलेसम्म कुनै पनि संस्था र कार्यक्रमको ब्राण्ड एम्बेसेडर नबनेको उल्लेख गरे ।
यसैबीच कूम्हाः सागरले नगरकोट भ्रमण वर्षको अवधिभर दुई वटा प्रस्तुति दिने गरी कार्यतालिका बनाउन नगरपालिकासँग अनुरोध गरेका छन् । उनले आफू भक्तपुरको भएकाले भक्तपुरमै रहेको चाँगुनारायण क्षेत्रको प्रर्वद्धनका लागि लाग्ने समेत बताए ।