काभ्रे । काभ्रेको जनक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि सञ्जीव गिरीले उम्मेदवारी दिएका छन्।
विद्यार्थी हकहितका मुद्दामा सक्रिय रहँदै आएका गिरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट उम्मेदवारी दिएका हुन्। क्याम्पसमा विद्यार्थी माझ आफ्नो अलग्गै पहिचान बनाएका गिरीप्रति सहपाठी विद्यार्थीहरू सकारात्मक रहेको बताएका छन्।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा राजनीतिक माहोल तातेको छ।
. सभापति उम्मेदवार गिरीले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्रै नभई विद्यार्थीको सपना, आवाज र अधिकारलाई सशक्त रूपमा उठाउने अवसरका रूपमा लिएको बताए ।
क्याम्पसमा भइरहेका विकृति विसङ्गतिको अन्त्य गर्दै शैक्षिक अभियानलाई रचनात्मक रूपमा अघि बढाउने गिरीले बताएका छन् । विद्यार्थीको हक हित र भविष्यका लागि सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर स्ववियु निर्वाचन भएको भन्दै उनले विद्यार्थीले विवेकपूर्ण निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।