दमौली, ४ वैशाख,
गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले तनहुँ १ मा वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार गोविन्द भट्टराईसँग अन्य उम्मेदवारहरुको तुलना नै हुन नसक्ने वताएका छन् । सोमवार दमौलीमा पत्रकारसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका मनाङेले भट्टराईको जीत ‘कन्फर्म’ भएको वताए ।
गोविन्द भट्टराई जीवनभर राजनीति गरेको, जनताको भावना बुझेको इमान्दार र त्यागी नेता हो, जागीर खाएर हिड्नेहरुसँग उहाँको तुलना नै हुदैन, मनाङेले भने । तनहुँको विकास र समृद्धि मात्रै होइन लोकतन्त्र र संविधान वचाउन पनि तनहुँका जनताले भट्टराई भोट हाल्ने उनको विश्वास थियो ।