काठमाडौं । सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् ।
सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मीले बताएका छन् ।
एम्बुलेन्स खरिदका लागि आवश्यक स्रोत जुटाउन सार्वजनिक रुपमा आह्वान गरेको छ ।
एम्बुलेन्सले दिनभर उपत्यकाभित्र रहेका घाइते भएका र खानै नपाएका गाईबाच्छाको सेवा गर्ने जनाइएको छ ।
तीनै तहका सरकारसँग अभियानले एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरेको छ ।