काठमाडौं । देशकै केन्द्रीय राजधानी काठमाडौंको पुतलीसडकमा पिच गर्न थालिएको छ ।
उपत्यकाको पनि मुख्य क्षेत्र पद्मोदय मोडदेखि पुतलीसडक चोकसम्मको सडकको दायाँबायाँ पेटी र ढललाई व्यवस्थित गरि पिच गर्ने कार्य भैरहेको हो ।
सडक पिच दिनको समयमा गर्दा स्थानीय व्यापारीहरूले सास्ती भोग्नु परेको छ । विशेषगरी दिनको समयमा पैदल यात्रु तथा सवारीहरू पनि धेरै आवतजावत हुँदा काम प्रभावकारी हुन सकेको छैन । अर्कोतर्फ सो मार्गबाट आवतजावत गर्ने सवारी तथा यात्रुहरूले पनि सास्ती भोग्नु परेको अवस्था छ ।
खासगरी सडक मर्मत सम्भार गर्ने कार्य रातको समयमा गर्नुपर्ने पैदल यात्रुहरूको सुझाव छ । रातको समयमा सडक पिच हुँदा स्थानीय व्यापारी तथा पैदल यात्रुहरूलाई असर नपर्ने उनिहरूको भनाई छ ।
सडक पिच गर्ने कार्य पनि प्रभावकारी हुने सरोकारवालाहरू बताउँछन् ।
यतिबेला पुतलीसडक चोक र पद्मोदय मोडमा अस्थायी डिभाइडर राखी उक्त सडक भइ सञ्चालन हुने सवारी साधनलाई अन्य ठाउँबाट पठाउने कार्य भइरहेको छ ।
सो सडकखण्ड राजधानीको केन्द्रमा पर्ने भएपनि अस्तव्यस्त अवस्थामा रहेको थियो । धेरै वर्षअघि नै उक्त सडक निर्माण भइसक्नु पर्ने भएपनि दशैंको पूर्व सन्ध्यामा बल्ल सम्पन्न हुँदैछ ।