मकवानपुर । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।
हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।