काठमाडौं । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीलाई थप कडाई गर्न थालिएको छ ।
देशकै केन्द्रीय राजधानीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सडकमा हुने भिडभाड कम गर्न ट्राफिक प्रहरी महाशाखा रामशाहपथको सक्रियतामा जोरबिजोर प्रणालीलाई थप कडाई गर्न थालिएको हो ।
उपत्यकाका मुख्य क्षेत्रहरू कोटेश्वर, बबरमहल, भद्रकाली लगायतका स्थानमा विशेष चेकजाँच भइरहेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
उपत्यकामा आइतबार मात्र १ हजार ५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै १ हजार ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ भने ललितपुरमा ७९ महिला र १ सय ८ पुरुषसहित १ सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।