यती एअरलाइन्सले पुनः सुरु गर्यो काठमाडौँ–सिमरा उडान

20

काठमाडौं । यती एअरलाइन्सले आफ्नो २२औ वार्षिक उत्सवमा घोषणा गरे बमोजिम १२ वर्षपछि सिमरा उडान भर्ने भएको छ ।

सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ (अक्टोबर ७) देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।

कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको एअरलाइन्सले जानकारी दिएको छ ।