सवारी दुर्घटनामा एक जनाको मृत्यु

118

सर्लाही । सर्लाहीमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका– १७ स्थित रानीगंजमा पर्ने पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकल एकआपससमा ठोक्किँदा सरोज साहको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २३ प १६६३ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा सोही दिशामा जाँदै गरेको प्रदेश नं. १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४४८५ नम्बर मोटरसाइकल चालक महोतरी बर्दिबास नगरपालिका– १ स्थित किसनपुर बस्ने १७ वर्षीय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा गम्भिर घाइते साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडी सवार बर्दीबास नगरपालिका– ९ निवासी १७ वर्षीय नविन साह घाइते भएका छन् ।

त्यस्तै ठक्कर दिने १६६३ नम्बर मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका– १५ बस्ने ३५ वर्षीय दिनेश राय र सोही मोटरसाइकलमा पछाडी सवार रहेका ईश्वरपुर बस्ने २६ वर्षीय कृष्ण यादव सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शुक्रबार राती साढे ८ बजे मलंगवा नगरपालिका–१० मलंगवा–भेल्ही सडकखण्डमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा मलंगवाका २० वर्षीय चालक अबधेश शर्मा र सोही ठाउँ निवासी २२ वर्षीय गौतम शर्मा गम्भिर घाइते भएका छन् ।

भारतीय बीआर ३० वाइ २२१३ नम्बरको मोटरसाइकल पल्टिँदा गम्भीर घाइते दुवैजनालाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहस् प्रहरीले जनाएको छ ।

त्यसैगरी हिजै साँझ हरिपुर्वा नगरपालिका–९, बसतपुरस्थित भित्री सडकखण्डमा श्रीनगरबाट हरिपुर्वातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आएको साइकललाई ठक्कर दिँदा साइकल चालक हरिपुर्वा नगरपालिका–७ निवासी नवल किशोर मण्डलको छोरा ११ वर्षीय सन्तोष कुमार मण्डल तथा साइकल पछाडि सवार स्थानीय दशरथ मण्डलको छोरा १२ वर्षीय अमरजित मण्डल घाइते भएका छन् ।

मोटरसाइकल चालक हरिपूर्वा–९ निवासी अनिरुद्र राय यादबका छोरा २४ वर्षीय अनिल यादवको पनि दुवैै हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तिनैजनाको जनकपुरस्थित अन्नपूर्ण मेडिकलमा उपचार भई रहेको र मोटरसाइकल तथा साइकल नियन्त्रणमा राखिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।