सार्वजानीक सवारी संचालनमा सरकारको चासो भएन : अध्यक्ष कार्की

81

सार्वजानीक सवारी संचालन गर्नेहरुको लगि सरकारले कुनै चासो नलिएको सार्वजनिक मकवानपुर यातायात प्राइभेट लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि सरकारले देशलाई लकडाउन गरेपछि सार्वजानीक यातायात क्षेत्रले निकै सास्ती भोग्नु परेको उनले बताए ।

लकडाउनको समयमा सरकारले निती तयार गरेर सार्वजानीक यातायात पुर्णरुपमा बन्द गरेर निजी सवारी साधानलाई भने कुनै रोक नलगाईएकोमा दुख लागेको बताए ।

अनुमतीका लागि पास पत्र बोकेर निजी सवारी साधानहरु निरन्तर चलिरहदा कोरोनको जोखीम नदेख्ने र सार्वजानीक सवारी साधानले कोरोनको जोखीम हुने नितीको बास्तवीक कुरा बुझ्न नसकेको अध्यक्ष कार्कीको भनाई छ ।

बैदेशिक रोजगारीको मोहो त्यागेर सार्वजानीक सवारी चलाईरहेका कतिपय चालकहरुले बैँकबाट ऋण लिएर काम गरेको अवस्थामा कोभिड र लकडाउनले निम्तिएको समस्यामा सरकाले कुनै चासो नदिएको बताए ।

लकडाउनकै कारण ६ , ७ महिना सम्म सार्वजानीक सवारीसाधानहरु सुचारु गर्न नपाएका कारण आथर््िाक श्रोत बन्दले परेको पिडामा अहिले सरकारले गरेको निर्णयले पिडानै थपेको बताएका हुन् ।

लामो समयपछि लकडाउन खोलेर बिभिन्न निती सहित सार्वजानीक सवारी सुचारु गर्न दिए ता पनि ६ , ७ महिना घर आँगनमा राखिएको समयको कर असुल गरिएको र सडक रुट अनुमती पत्रमा लाग्ने कर समेत असूल गरिरहँदा सरकार मौन बसेको बताए ।

बल्लतल्ल लक डाउन खोलीएपनि एक सिटमा एक यात्रु यात्रुबोक्ने निती मात्रै सार्वजानीक सवारी साधनलाई लगाउदा परेको असर संगै बन्दको समयमा राखिएको सवारीको कर सरकारले मिनाह नगर्नु उल्टै जरिवा गरिनु बैँकले व्याजमा छुट नदिनुले बिभेदको अनुभव पाईएको अध्यक्ष कार्कीले सुनाए ।

अझैपनि सरकारले सहज बनाउनका लागि केही कदम नचलाएमा कैँयौको व्यवसायीको मानसिक सन्तुलन गुम्नेदेखि आत्महत्या जस्तो डरलाग्दो घटना हुन सक्ने प्रष्ट पारे ।