नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि

49

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

निगमले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।