काठमाडौँ । नेपालमा आइपुगेको रेल तत्काल सञ्चालनमा भने नआउने रेल विभागले संकेत गरेको छ ।
रेल सेवा सञ्चालनका लागि इन्जिन र बोगी नेपालको सीमामा ल्याईएपनि तत्काल उद्घाटन गर्ने कुनै योजना नरहेको विभागले जनाएको हो ।
कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन ल्याइएको छ ।
नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार रेल ल्याइएको हो । ’रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ ।
रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ ।