राष्ट्र बैंक भन्छ, पुनर्कर्जा देऊ, बैंकहरू भन्छन् लकडाउनको कर्जा चुकाऊ !

66

काठमाडौं । ६ महिना ग्यारेजमा थन्किएका सार्वजनिक सवारीसाधनहरूलाइ सडकसम्म ल्याउनका लागि राष्ट्र बैंकले पुनर्कर्जा घोषणा गरिसकेको छ ।

लामो समयसम्म ठप्प रहेका सवारी साधनलाई सडकसम्म आउने बाटो कोर्नका लागि र व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि राष्ट्र बैंकले पुनर्कर्जा र पुनर्तालिकीकरण गर्न बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको थियो । जसले व्यवसायीरूमा उत्साह छाएको थियो । तर राष्ट्र बैंकले दिएको निर्देशनलाई कतिपय बैंकरूले अवज्ञा गरको पाइएको छ ।

राष्ट्र बैंकले दिएको निर्देशन मान्नुको सट्टा कर्जा तिर्नका लागि ताकेता गरेको तथ्य यातायात टाइम्सलाई प्राप्त भएको छ ।
केही बैंकले लकडाउन अवधिको कर्जा तिर्नका लागि निरन्तर ताकेता गरेपछि यातायात व्यवसायी थप मर्कामा परेका छन् ।

६ महिनासम्म गाडी ग्यारेजमा थन्किँदा गाडीका पार्टपुर्जाहरू समेत बिग्रिएर बनाउनु पर्ने अवस्था छ । त्यसमा व्यवसायीहरूलाई लकडाउन अवधिको पनि कर्जा चुकाउन बैंकहरूले बारम्बार ताकेता गर्दा व्यवसायीहरू निराश बनेको सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघका उपाध्यक्ष गणेश बिक्रम शाही ठकुरीले बताएका छन् ।

खोटाङ्ग यातायात प्रा.लि. तथा रचना यातायात प्रा.लि.का समेत अध्यक्ष रहेका शाहीले व्यवसायीहरू बैंकका यस्ता गतिविधिले थप हतोत्साही बन्दै गरेको गुनासो गरे ।

अधिकांश बैंकहरूले राष्ट्र बैंकले दिएको निर्देशन पालना गरेपनि केही बैंकहरूले कर्जा नतिरे गाडी तान्ने समेतको धम्की दिएपछि यातायात व्यवसायीरू थप निराश बनेका हुन् ।