सवारी जाम हुन थालेपछि उपत्यकामा जोर बिजोर प्रणालीलाई थप कडाइ !

86

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए ।