केएमसी अस्पतालबाट घर फर्केका बिरामीका आफन्तको सुझाव : “सेवा राम्रो छ, तर छुटका नाममा लुट अलि भएन “

20
oplus_131104

भक्तपुर । केएमसी अस्पतालको मूल्याङ्कन केवल अत्याधुनिक भवन, आधुनिक उपकरण वा आकर्षक विज्ञापनले मात्र हुँदैन। उपचारपछि बिरामी र उनका आफन्त अस्पतालबाट घर फर्कँदा उनीहरूको मनमा कस्तो अनुभूति रहन्छ भन्ने कुरा नै अस्पतालको वास्तविक पहिचान हुने गर्दछ।

केएमसी अस्पतालमा उपचार गराएका एक बिरामीका आफन्तले उपचार प्रक्रिया र स्वास्थ्यकर्मीबाट प्राप्त सेवा समग्रमा सन्तोषजनक रहेको बताए। यद्यपि अस्पताल व्यवस्थापनले केही पक्षमा थप ध्यान दिनुपर्ने सुझाव पनि दिए।

उनका अनुसार अस्पताल प्रशासनले बिरामीलाई उपलब्ध गराइने छुट तथा सहुलियतबारे स्पष्ट जानकारी दिने व्यवस्था गर्नुपर्छ। साथै अस्पताल परिसरभित्र रहेको फार्मेसीबाट औषधि वितरणका क्रममा लापरबाही देखिएको भन्दै समयमै सुधार नगरे भविष्यमा अस्पतालले ठूलो समस्या सामना गर्नुपर्ने चेतावनीसमेत दिए।

“सेवा राम्रो पाएँ, तर व्यवस्थापनका केही कमजोरी सच्याउन सके अस्पतालप्रतिको विश्वास अझ बढ्नेछ,” उनले भने।

आजको समयमा स्वास्थ्य सेवा महँगो, जटिल र व्यापारमुखी बन्दै गएको चर्चा भइरहेका बेला बिरामी र उनका आफन्तको यस्तो अनुभवले सेवाभाव, सुशासन र इमानदार व्यवस्थापनका माध्यमबाट गुणस्तरीय उपचार सुलभ मूल्यमा पनि उपलब्ध गराउन सकिने सन्देश दिएको छ।

यसैबीच, स्थानीय युवा तथा समाजसेवी मिलन कार्की*ले केएमसी अस्पतालको अव्यवस्थित कार्यशैलीका कारण स्थानीय बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको दाबी गर्दै सम्बन्धित निकायले समयमै आवश्यक सुधार गर्नुपर्ने बताए। उनले अस्पताल प्रशासनलाई पटक पटक अस्पतालमा भएका वेथिति तथा महंगीको विषयमा कुरा उठाउँदा पनि केहि सुनुवाई नभएको बताए ।
अस्पतालले असार मसान्तसम्म 50% सम्म छुट भनेको छ तर 1 रूपैंयाको सामानको मुल्य ४ रूपैंया गरेर 50% छुट दिएको ढोंङ गर्दै आएको उनको आरोप रहेको छ ।
अस्पताल फार्मेसिको लापरवाही तथा स्वेछाचारी विलिङका कारण सामान्य उपचार गराउन बसेका विरामीले पनि लाखौं रूपौंयाको विल तिर्नु पर्ने बाध्यता अझ अस्पतालमा कायमै रहेको उनको आरोप छ ।
असार मसान्त सम्म 50% र त्यो पछि 25% स्थानीयलाई छुट भनिएको छ । 50% छुटमा त स्थानीयको हाड छाला हुने गरि अस्पतालले विलिङ गर्ने गरेको छ अझ यसमा 25% मात्र छुट हुँदा उपचार अझ स्थानीयका लागि महंगो र असंभव हुने देखिन्छ कार्की बताउ हुन्छ । 100% पैसा लिने अरू निजी अस्पतालको भन्दा पनि छिमेकमा भएको अस्पतालले ढाड सेक्दा स्थानीय अझ त्रसित भएका उहाँको आरोप छ ।