काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालको मंगलबार बसेको बैठकले २८ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। अभियानका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा थप सदस्य मनोनयन गर्दै ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयसमेत गरेको छ।
घोषित केन्द्रीय कमिटीमा अध्यक्षमा ऋषि धमला, उपाध्यक्षमा सुनिलकुमार कर्ण, सचिवमा हेमराज अधिकारी कश्यप, सचिव तथा प्रवक्तामा ममता शर्मा र कोषाध्यक्षमा मुना गौतम चयन भएका छन्।
त्यसैगरी केन्द्रीय सदस्यहरूमा सन्तोष देउजा, प्रदीप तिम्सिना, सुषमा अधिकारी, देवसिंह विष्ट, खडानन्द पौडेल, महेश शाह, सालिकराम पाठक, गौरव पौडेल, कृष्णकुमार श्रेष्ठ, माधवसुन्दर खड्का, तवरेज आलम, राजन सुनार, उदय केसी, माझित अन्सारी, बादल राई, सुलोचना न्यौपाने, रोशनी बादी, नवराज गजुरेल, किशोर नेपाली, मुस्कान खातुन, राजकुमार लामा, वसन्त शर्मा तथा होम थापा चयन भएका छन्।
बैठकले स्वतन्त्र नागरिक अभियानलाई थप प्रभावकारी बनाउने तथा संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यसहित विभिन्न प्रदेशका इन्चार्जसमेत तोकेको छ। जसअनुसार ममता शर्मालाई मधेस प्रदेश इन्चार्ज, मुना गौतमलाई उपत्यका विशेष इन्चार्ज तथा देवसिंह विष्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
अन्य प्रदेशका इन्चार्जहरू आगामी बैठकबाट तय गरिने अभियानले जनाएको छ।















