भोजपुरको हतुवागढीबाट ५०० किलो गाँजासहित १० जना पक्राउ

0

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट करिब ५०० किलो गाँजासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित ९ जना रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । ट्याक्टरमा सवार व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि निगरानी बढाइएको थियो । त्यसक्रममा ना. ७ त ३५० नम्बरको ट्याक्टर जाँच गर्दा ४३ वटा बोरामा राखिएको उक्त परिमाणको गाँजा फेला परेको हो ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।