दमन रुपाखेतीलाई मातृशोक

4

काठमाडौँ। हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ।
उनकी माता ज्ञानु रुपाखेतीको बिहीबार दिउँसो  उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो।

८३ वर्षिया ज्ञानुमायाको ४ छोरा छन्। दमन उनको साइँलो छोरा हुन्। ज्ञानुमायाको छोरीको निधन भइसकेको छ भने उनले २ वर्षअघिमात्र पति गुमाएकी थिइन्। उनको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको छ।