रौतहट । भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो।
त्यस्ता प्रलोभन दिने ठग महिला पुरुषको गिरोह देखा परेमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी जानकारी दिन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ।