काठमाडौँ । सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारमा सहभागी सबै दलका नेता सहभागी छन् ।
साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।
सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, तमलोपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।