काठमाडौँ । झापाको कन्काई नगरपालिका–८ स्थित विरिङ खोलामा दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा ट्रक चाकको मृत्यु भएसँगै प्रहरीले ८ जनालाईलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । आरोपीहरुविरुद्ध ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग समेतको मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।
रुद्र भुजेल महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् भने विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् । राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीर बहादुर गुरुङ अभियानको सल्लाहकार हुन् ।
सिलिगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबि–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरूले पेट्रोल बम प्रहार थिए ।
असोज ६ मा कन्काई नगरपालिका–८ स्थित विरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक आरोपीहरूले जलाएका थिए ।
आगजनीबाट डब्लुबि–७३ ई–३०५६ नम्बरको ट्रकका चालक पोदो रायको उपचारको क्रममा मृत्यु भएको चन्दले बताए । भारत स्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारको क्रममा रायले ज्यान गुमाएका हुन् ।
बिरिङ खोलामा प्रसाईंका कार्यकर्ताले प्रहार गरेको पेट्रोल बमबाट घाइते भएका अर्का ट्रक चालकको उपचार हुँदै छ ।