विदेशी नागरिक सहित १२० जनाले गरे रक्तदान

24

जेठ ७
काठमाडौं । विदेशी नागरिक सहित १२० जनाले रक्तदान गरेका छन । खुडकिलो नेपालको आयोजनामा भएको भएको रक्तदानका क्रममा विदेशी नागरिक सहित १२० जनाले रक्तदान गरेका हुन् । खुडकिलो नेपालको सहकार्यमा बौद्द नाथ क्षेत्र विकास समिति बौद्द र प्राविधिक सहयोग कान्तिपुर रक्तसंचारको सहयोगमा रक्तदान आयोजना भएको खुडकिलो नेपालकी अध्यक्ष तारा राईले जानकारी दिनुभयो । उहाँका अनुसार रगत अभावलाई पूर्ती गर्न खुडकिलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ । देशका विभिन्न स्थान तथा कारागारमा समेत खुडकिलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ ।