संविधानको रक्षाका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

9

२८ कार्तिक, डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको वताएका छन् । वन्दीपुरको डुम्रेमा सोमवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो वताएका हुन् ।
वरिष्ठ नेता पौडेलले गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने दावी गरे । रुख हसियाँ हतौडासँग र हसियाँ हतौडा रुखसँग डराउनुपर्ने अवस्था अहिले नरहेको पौडेलको भनाई थियो । दुई दुई पटक संविधान विघटन गर्नेहरुलाई भोट माग्ने नैतिक अधिकार नभएको पौडेलले वताए । संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने पौडेलको विश्वास थियो ।
गठबन्धनको नेतृत्व गरेको कांग्रेससहितका दललाई फराकिलो मतले विजयी गराउन पौडेलले आग्रह गरे । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको सरकारले स्थायित्व दिन नसकेपछि सत्तामा आएको कांग्रेस नेतृत्वको गठबन्धनले छोटो समयमा गरेका कामले पनि सत्तागठबन्धनले राम्रो मत ल्याउने वातावरण देखिएको पौडेलले वताए । तनहुँको विकास र समृद्धिका लागि आफू सहित गठवन्धनलाई मत दिएर जिताउन पौडेलले आग्रह गरे ।