सडक भास्सिएर खाडल, दिर्घकालीन समाधानमा बेवास्ता !

102

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पिच सडक भास्सिएको छ ।
नगरपालिकाको वडा नम्बर ७ स्थित चन्द्र घण्टा मार्गको बिच सडक भास्सिएपछि दुर्घटनाको समेत जोखिम बढेको छ । विशेष गरी सो सडकमा रातको समयमा दुर्घटना हुने प्रबल सम्भावना रहको छ । राजधानीको विभिन्न सडकखण्डहरूमा बेलाबखत सडक भास्सिने समस्या भइरहेपनि यसको दिर्घकालीन समाधान गर्न भने कसैको ध्यान जान सकेको छैन । सडक भास्सिएर खाडल पर्ने समस्याको दिर्घकालीन समाधान खोज्नु आवश्यक छ ।