यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना भएपछि सम्पूर्ण सेवा बन्द

78

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना भएपछि सम्पूर्ण सेवा बन्द गरीएको छ ।

हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो ।

सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।