चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा ट्रक त्रिशुलीमा खस्दा ३ जना घाइते भएका छन् ।
ट्रक चालक धादिङको गल्छी गाउँपालिका ७ का २७ वर्षका रोहित तामाङ, ट्रकमा सवार १९ वर्षका राजकुमार लोप्चन र २३ वर्षका राजन भन्ने अर्जुन रुम्बा घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ ल्याइएको छ । आज बिहान भैरहवाबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ९६२२ नम्बरको ट्रक अनियन्त्रित भइ त्रिशुली नदीमा खसेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।