“ टुक्रिएको मन “ नेपाली चलचित्र युट्युब मार्फत सार्वजनिक: हेर्नुहोस भिडियो सहित

201

काठमाडौँ । प्रेमकथामा आधारित रहेर निमार्ण गरिएको नेपाली चलचित्र “टुक्रिएको मन” युटुब मार्फत सार्वजनिक भएको छ । विभिन्न हास्यव्यङ्ग्य सिरियलहरूमा कथा लेखन, अभिनय र निर्देशन समेत गरिसकेका अनुपम पौडेलले यस चलचित्रको कथा लेखन र निर्देशन गरेका छन्।

ऋषि कडेल निर्माता रहेको उक्त चलचित्र हिमालयन म्युजिकको व्यानरमा निर्माण भएको हो। चलचित्रमा सुगन खत्री, प्रनिशा कार्की , राम तिमल्सेना, करन गिरी,सुरेन्द्र खड्का, दीपा गेलाल, बाल कुमार श्रेष्ठ , एलिसा तामाङ लगाएत कलाकारको अभिनय रहेको छ । साथै रवीन्द्र लम्सालले उक्त चलचित्रको छायांकन र सम्पादन गरेका हुन्।

प्रेम सम्बन्ध कै कारण परिवार र समाजबाट साथ नपाए पछि उत्पन्न परिस्थिति साथै सामाजमा रहेका विभिन्न विकृतिलाई चलचित्र मार्फत देखाउने प्रयास गरेको लेखक तथा निर्देशक पौडेल बताउँछन्।