सुनको मूल्य तोलामा १७ सयले घट्यो, कति पुग्यो त ?

57

पछिल्लो केही दिनमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ ।

मंगलबार सुनको मूल्य तोलामा ९५ हजार ५ सय रहेकोमा आज १२ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा १७ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११ सय ९० रहेको महासंघले जनाएको छ ।