आजबाट साझा यातायात लामो दुरीमा चल्ने

122

काठमाडौँ । साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।
कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने भएको हो ।

सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने बताइएको छ ।
तत्काललाई काठमाण्डौ–पोखरा–कुस्मा–बाग्लुङ र बुटवल–भैरहवा–सुनौली रुटमा साझाका गाडी चल्नेछन् ।

ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।