पर्वत । लगातार वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
मङ्गलबार साँझदेखि लगातार परेको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको हो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण सडक अवरुद्ध बनेको हो ।