काठमाडौँ । सरकारले दोहा, कुवेत र रियादमा नियमित उडान गर्ने भएको छ ।
अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको हो ।
यसअघि सेप्टेम्बरका लागि मात्र उडान तालिका सार्वजनिक भइ अहिले उडान भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सेप्टेम्बरको तुलनामा उडान सख्या थप गरिएको छ ।
यसबाहेक यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने भएको छ । अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ ।
१ अक्टोवर (१५ असोज)बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।