बजाजले ल्यायो चाडपर्व लक्षित अफर !

26

काठमाडौँ । बजाजको चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ ।
अफर योजना अन्र्तर्गत नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म रहेको बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जानकारी दिएको हो ।
‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ।

बजाजले दशैं तिहार लक्षित योजनामा हरेक मोटरसाइकलको खरिदमा नगद १० हजार रुपैयाँ छुट घोषणा गरेको छ।

दोस्रो योजना ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाँकी रकम मासिक किस्तामा बुझाउन पाउनेछन्।

त्यस्तै बजाजले डाउनपेमेन्ट गर्न धेरै नगद नहुने ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।