काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थलमा जाने तथा आउँने सबैको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको हो ।
कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ ।